डा.सैयदको टोलिले बेल्कोटगढी नुवाकोटमा नि-शुल्क शिविर गर्दै — OSNepal

डा.सैयदको टोलिले बेल्कोटगढी नुवाकोटमा नि-शुल्क शिविर गर्दै

Bibek Karki February 09, 2023 0

देशको आधा भन्दा बढी जिल्लाहरुका बिकट ठाउमा पुगी नि-शुल्क स्वास्थ्य शिविर साथै समाजसेवा गरेका चर्चित बरिष्ठ चिकित्सक डा.मनोर दिन सैयद नेतृत्वको टोलिले माघ २७ र २८ गते नुवाकोट जिल्ला बेल्कोटगढी वडा-१३ कार्यालय र शक्ति मा.बि.बाराही मा २ दिने बृहत नि-शुल्क स्वास्थ्य शिविर साथै औषधि वितरण गर्ने खबरले स्थानीय हर्षित भएकाछन ।

स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पताल र बेल्कोटगढी वडा-१३ कार्यालय को संयुक्त आयोजनामा हुन लागेको उक्त शिविरमा डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती),ड़ा. इवराज सिम्खडा (जनरल मेडिसिन ), डा. डेनिस कुमार (हाड जोर्नी तथा नशा ), डा. अंकिता श्रेष्ठ (बालरोग ), डा. सितु मानन्धर,डा.प्रभा बस्नेत साथै अन्य सवास्थ्यकर्मिहरुमा रंजित गिरी,सन्जिब गिरी,सुनिला श्रेष्ठ,दिपिका पाण्डे,महेन्द्र पाठक रहने मानव संशाधन अधिकृत श्री सन्जीब कंडेल ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर