नेपाल एयरवेजको उडानद्वारा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित मोहम्मद पक्राउ — OSNepal

नेपाल एयरवेजको उडानद्वारा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित मोहम्मद पक्राउ

LC (KTM) February 10, 2023 0

काठमाडौं, २७ माघ – अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त विदेशी मुद्रा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर