ट्याक्टरको टायरले किच्चिएर खड्कको मृत्यु — OSNepal

ट्याक्टरको टायरले किच्चिएर खड्कको मृत्यु

LC (KTM) February 12, 2023 0

जाजरकोट-कुशे गाउँपालिका-५ चैँकस्थित सडकमा भे.२ त ३०९ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको टायरले किच्चिएर सोही गाउँपालिका(५ दम्दला बस्ने ६० वर्षीय खड्क थापाको शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङ  बिराटनगर महानगरपालिका-१८ लावाघाटमा एनएल ०२ जी ८९५२ नम्बरको भारतीय टेलर गाडीले मे.१० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा मेची नगरपालिका(१३ बस्ने ४४ वर्षीय राजेन गिरीको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुरुङ्‌गा नगरपालिक-२ हर्दियामा पनि मधेश प्रदेश ०१(००४प २१२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(२ बस्ने ५५ वर्षीय मसीलाल चौधरीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर