म्यानचेस्टर युनाईटेडद्धारा लिड्स युनाईटेड माथि सहज — OSNepal

म्यानचेस्टर युनाईटेडद्धारा लिड्स युनाईटेड माथि सहज

LC (KTM) February 13, 2023 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेड माथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडको जितमा मार्कुस राषफोर्ड र एलेजान्ड्रो गर्नाचोले एक एक गोल गरे ।

खेलको ८० औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए । यस जितसँगै युनाईटेड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर