भक्तपुरकी विनाको कुखुरा फर्ममा भिषण आगलागी — OSNepal

भक्तपुरकी विनाको कुखुरा फर्ममा भिषण आगलागी

LC (KTM) February 13, 2023 0

भक्तपुर, १ फागुन ।  भक्तपुरको चाँगुनारायण नगरपालिका(३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ । सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङको कुखुरा फर्ममा आगलागी भएको हो । 

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए ।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट ब्रोईलर कुखुराको चल्ला १८ सयवटा  र  कुखुराको फर्म गरी जम्मा ९ लाख   बराबरको क्षति भएको अनुमान गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर