टर्की र सिरियाका भूकम्प प्रभावितलाई मेसीले गरे यति ठूलो सहयोग — OSNepal

टर्की र सिरियाका भूकम्प प्रभावितलाई मेसीले गरे यति ठूलो सहयोग

LC (KTM) February 13, 2023 0

काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा विश्व च्याम्पियन लियोनल मेसी कोमल हृदयका फुटबलर हुन् । आपत र विपतमा उनले खुलेर सहयोग गर्दै आइरहेका छन् ।

यसैबिच उनले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले समाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।

यसअघि टर्कीका अन्तर्राष्ट्रिय डिफेन्डर मेरिह डेमिरलको अभियानमा आफ्नो हस्ताक्षर गरिएको पेरिस सेन्ट(जर्मेन जर्सी दिएका ३५ वर्षीय मेसीले भावुक हुँदै भनेका छन् ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर