बीमाको पैसा लिने उद्देश्यले डिजल छर्केर गाडीमा आगो लगाए रामुले, यसरी खुल्यो रहस्य — OSNepal

बीमाको पैसा लिने उद्देश्यले डिजल छर्केर गाडीमा आगो लगाए रामुले, यसरी खुल्यो रहस्य

LC (KTM) February 13, 2023 0

काठमाडौं – बर्दियामा गाडीमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गंगापटुवाका रामु चौधरी रहेका छन् । बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलासा भएको हो ।

आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा फेला परेको हो । पछि अनुसन्धान गर्दै जादा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेको हो । चालकले डिजल छर्केर आगजनी गरेको स्विकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर