महाशिवरात्रिमा दुध र दुधबाट बनेको परिकार दान गर्दा हुन्छन् यस्ता फाइदाहरु — OSNepal

महाशिवरात्रिमा दुध र दुधबाट बनेको परिकार दान गर्दा हुन्छन् यस्ता फाइदाहरु

LC (KTM) February 14, 2023 0

काठमाडौँ । हिन्दुधर्मालम्बीहरुका लागि महाशिवरात्रि पर्वले विशेष महत्व रहन्छ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि नजिकिँदै गर्दा शिवमन्दिरहरुमा सरसफाई र रंगरोगनका कामहरु भइरहेका छन् ।

विभिन्न शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइने शिव उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ ।

कालरात्रिी मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा यसलाई लिइन्छ ।

यस दिनमा दान गरेमा पुण्ड मिल्ने र तपाईलाई कहिल्यै आर्थिक संकट नहुने धामिर्क विश्वास रही आएको छ । यस दिनमा गाईलाई रोटी खुवाएमा तपाईलाई सुख शान्ती र समृद्धि नै मिल्ने विश्वास हिन्दु धर्ममा गरिन्छ ।

महाशिवरात्रीमा दुध वा दुधबाट बनेको परिकार दान गरेमा पनि पुण्ड मिल्ने धार्मिक विश्वास रहिआएको छ । यस दिनमा दुधको दान गर्नाले भोलेनाथको कृपाले तपाईलाई कहिल्यै धनको अभाव हुने छैन भने सुख समृद्धिले पछ्याउनेछ ।

त्यस्तै यस दिनमा चिनीबाट बनाइएको सक्खरको पनि तपाईले दान गर्न सक्नुहुनेछ । चामल शक्खर दुध वा खिरको दान गरेमा पनि तपाईको सफलता तिब्र गतिमा बढ्नेछ । जसबाट तपाईले छिटो सुख र खुशी पाउनुहुनेछ ।

शिवरात्रि पर्वलाई पर्वको राजा पनि भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास रहिआएको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ । खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ । ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ । महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ । हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर