कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल , जुन पुल तर्दा स्थानीयले तिर्छन २० रुपैयाँ — OSNepal

कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल , जुन पुल तर्दा स्थानीयले तिर्छन २० रुपैयाँ

LC (KTM) February 15, 2023 0

कैलाली भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल । नगरपालिकाले काठेपुल तथा डुङ्गा सञ्चालनका लागि ठेक्का दिएको छ । जुन पुल तर्दा स्थानीयले २० रुपैयाँ तिर्नुपर्छ । तस्बिर ः झलनाथ खनाल÷रासस

यो पनि:भोटेकोसीको बगाममा सञ्चारको पहुँच- सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् ।

बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना पूरा भएको छ । गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउनुहुन्छ ।

थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङलगायत गाउँका झण्डै एक सय ६० परिवार लाभान्वित भएका स्थानीय साङ्गे लामा बताउनुहुन्छ । यसअघि फोनमा कुरा गर्न एक घण्टा पैदल हिँडेर लिस्ती पुग्नुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर