सरकारले खुलारूपमा पेट्रोल बिक्री गर्न नपाइने उर्दी जारी गरे पनि सुनसरीमा भने खुलेआम बिक्री — OSNepal

सरकारले खुलारूपमा पेट्रोल बिक्री गर्न नपाइने उर्दी जारी गरे पनि सुनसरीमा भने खुलेआम बिक्री

LC (KTM) February 16, 2023 0

सुनसरीका गढी गाउँपालिकाको सत्तेरझोरामा बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल । सरकारले साताअघि खुलारूपमा बोतल या जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने उर्दी जारी गरे पनि भित्री गाउँहरुमा निर्वाध बिक्रीवितरण भइरहेको छ ।

यो पनि : मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला : मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०५ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर