आज ह्वात्तैै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार — OSNepal

आज ह्वात्तैै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

LC (KTM) February 16, 2023 0

काठमाडौं – बिहीबार सुन तथा चाँदी दुब को मूल्य घटेको छ। बुधबारको तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर