महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गर्यो — OSNepal

महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गर्यो

LC (KTM) February 18, 2023 0

महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो । ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ ।

यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शङ्कर पौडेलले राससलाई जानकारी दिनुभयो । रथयात्रामा एक दर्जन बढी संस्थाको सहभागिता थियो । शिव, पार्वतीको रथसँगै शङ्ख, घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो । रथयात्राबाट सनातन धर्म, संस्कृतिका क्षेत्रमा भइरहेको चौतर्फी आक्रमण रोक्न सकिने विश्वास ट्रस्टको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर