समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा — OSNepal

समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

LC (KTM) February 19, 2023 0

काठमाडौं, ७ फागुन । समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रमिा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कागजपत्र संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा खरिद गर्न आवेदन दिनुपर्नेछ ।

संस्थापकहरुबाट कुनै निवेदन नआएमा तोकिएको समय भित्र अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर