प्रमोद र मेलीनाको लोभी नजरमा ह्याण्डसम मोडल बिमल अधिकारीको अभिनय — OSNepal

प्रमोद र मेलीनाको लोभी नजरमा ह्याण्डसम मोडल बिमल अधिकारीको अभिनय

LC (KTM) February 19, 2023 0

युवा पुस्ता माझ अत्यन्तै लोकप्रिय गायक प्रमोद खरेल तथा मेलिना राईको जादुमय आवाजमा सजिएको गीत लोभि नजर सार्वजनिक भएको छ । प्रकाश बस्नेतको प्रेमिल शब्दहरुमा रचिएको यस गीतलाई बिमल अधिकारीले संगीत भरेका छन् । संगीत संयोजन बिशाल निरौलाले गरेका छन् ।

यस गीतमा संगीतकार स्यंम बिमल अधिकारीको शसक्त अभिनय देख्न सकिन्छ । उनलाई सलिना खत्रीले साथ दिएकी छन् । मौषम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा रहेको यस गीतलाई राजेश घिमिरेले छायाँकन गरेका छन् । गीतको सम्पादन बिकास ज्ञवालीले गरेका छन् । यो गीत अधिकारीको म्युजिक कम्पनि भावना म्युजिक सोलुसनबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर