फिल्म नचलेपछि कृति सेननलाई दोस दिए यी चर्चित निर्देशकले — OSNepal

फिल्म नचलेपछि कृति सेननलाई दोस दिए यी चर्चित निर्देशकले

LC (KTM) February 20, 2023 0

साउथ पछि बलिउडमा आफ्नो नाम कमाएकी अभिनेत्री कृति सेनन यतिबेला चर्चामा छिन् । उनको र कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ शुक्रबार मात्रै हलमा रिलिज भएको छ । तर, फिल्मको ट्रेलर हेरेपछि दर्शकले जति अपेक्षा गरेका थिए, ‘शेहजादा’ले त्यो अपेक्षा पूरा गर्न सकेको छैन ।

पहिलो दिन ६ करोडले खाता खोलेको र दोस्रो दिन निकै मुस्किलले ७ करोडको आँकडा पार गरेको छ । यस्तो अवस्थामा आफूलाई नम्बर एक समालोचक र ट्रेड एनालिस्ट भनेर चिनाउने कमल आर खान केआरकेले फिल्मको कमजोर प्रदर्शनको लागि कृति सेननलाई दोष दिएका छन् । उनलाई खिल्ली उडाउनुका साथै पनौती पनि भनिएको छ ।

वास्तवमा कृति सेननले धेरै वर्षयता कुनै पनि हिट फिल्म दिएकी छैनन् । केही महिना अगाडि रिलिज भएको ‘भेडिया’ पनि बक्स अफिसमा फ्लप भयो । उनको र प्रभासको फिल्म ‘आदिपुरुष’ को रिलिज मिति पनि यसै वर्षको जुनसम्म सारिएको थियो । अर्कोतर्फ १७ फेब्रुअरीमा रिलिज भएको ‘शेहजादा’ ले पनि बक्स अफिसमा खासै करिश्मा देखाउन सकेन ।

दुवै चलचित्रले करिब ४ करोड मात्रै कमाउन सकेका छन् । यो कुरालाई लिएर केआरकेले कृति सेननको खिल्ली उडाए ।केआरकेले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखे, ‘कृति सेनन बलिउडकी सबैभन्दा खोजिने अभिनेत्री हुन् । जुन फिल्ममा उनी आउँछिन्, डुब्छिन् ।

भेडिया जस्तो फिल्म पनि खाइयो । यस क्रममा उनले आदिपुरुषलाई पनि छोडेनन् र भने, ‘अझै पनि महान् पनौती कृति सेननको आकर्षण बाँकी छ । उनी ६०० करोड बजेटको फिल्म आदिपुरुषकी नायिका पनि हुन् । जय हो कृति सेनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर