के साच्चिकै प्रेममा छन् चर्चित अभिनेत्री तब्बु र नागार्जुन — OSNepal

के साच्चिकै प्रेममा छन् चर्चित अभिनेत्री तब्बु र नागार्जुन

LC (KTM) February 20, 2023 0

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार नागार्जुन अक्किनेनीले बलिउडमा पनि आफ्नो अभिनयको पराक्रम देखाएका छन् । के तपाईलाई उनको प्रेम जीवनको बारेमा थाहा छ ? आज हामी यसका बारेमा तपाई लाई जानकारी दिनेछौ , अगस्ट २९, १९५९ मा चेन्नईमा जन्मिएका नागार्जुन अक्किनेनीका पिता नागेश्वर राव अक्किनेनी पनि एक चर्चित अभिनेता थिए।

नागार्जुनले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेका थिए । १९८६ मा, उनले तेलुगु फिल्म विक्रम बाट डेब्यू गरे। नागार्जुन एक अभिनेताका साथसाथै निर्माता, टिभि प्रेजेन्टर र व्यवसायी पनि हुन्। नागार्जुनको पहिलो विवाह १८ फेब्रुअरी १९८४ मा लक्ष्मी दग्गुबातीसँग भएको थियो। लक्ष्मी फिल्म निर्माता डी रामनायडुकी छोरी हुन्।

विवाहको दुई वर्षपछि यी दम्पतीबाट छोराको जन्म भयो, जसको नाम नागा चैतन्य हो । नागार्जुन र लक्ष्मीको सम्बन्ध लामो समय टिक्न सकेन । विवाहको ६ वर्षपछि सन् १९९० मा दुवैको सम्बन्धविच्छेद भयो । भनिन्छ बिवाह टुट्नुको मुख्य कारण अभिनेत्री अमला मुखर्जी नै थिईन् । वास्तवमा ८०–९० को दशकमा नागार्जुन र अमला मुखर्जीको जोडी फिल्मी पर्दामा सुपरहिट भएको थियो ।

लामो समय सँगै काम गरेपछि नागार्जुन र अमला एकअर्काको नजिक आएका थिए । करिब दुई वर्ष एकअर्कालाई डेट गरेपछि सन् १९९२ मा चेन्नईमा उनीहरुले विवाह गरेका थिए । नागार्जुन–अमलाको एउटा छोरा छ, जसको नाम अखिल अक्किनेनी हो ।अमलासँग विवाह गरेपछि नागार्जुनको मन अर्की अभिनेत्रीमा पर्यो ।

बलिउडकी चर्चित अभिनेत्री तब्बुसँग उनको अफेयर रहेको बताइएको छ । उनीहरु दुवैले करिब १५ वर्ष एकअर्कालाई डेट गरेको दाबी गरिएको छ । तब्बु अविवाहित हुनुको कारण पनि यही रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर