फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ मा अजय देवगन र अमलाको रोमान्स — OSNepal

फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ मा अजय देवगन र अमलाको रोमान्स

LC (KTM) February 21, 2023 0

काठमाडौं – अजय देवगनको फिल्म भोलाको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक भएको छ । फिल्म’ दृश्यम २’ को सफलतापछि अजयले फिल्मको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक गरेका हुन् । गीतमा अजय दक्षिण भारतीय अभिनेत्री अमला पललाई प्रेममा देखाइएको छ ।

गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेको छ । यस अघि फिल्मको टिजर र ट्रेलरले दर्शकको उत्साह बढाएको थियो । अजयले दमदार एक्सन गरेका छन् र यो फिल्मलाई अजय आफैंले निर्देशन गरेका हुन् ।

अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो । ल्ममा अजय र अमलाका अलवा तब्बु, दीपक डोबरियाल र शरद केलकरको पनि मुख्य भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर