सेल्फी खिच्ने विषयलाई लिएर गायक सोनू निगममाथि मध्यरातमा कुटपिट — OSNepal

सेल्फी खिच्ने विषयलाई लिएर गायक सोनू निगममाथि मध्यरातमा कुटपिट

LC (KTM) February 21, 2023 0

एजेन्सी – चर्चित भारतीय गायक सोनू निगममाथि कुटपिट भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति मुम्बईको एक कार्यक्रममा लाइभ कन्सर्ट गरिरहेका बेला उनी माथि कुटपिट भएको हो ।

शिवसेना ९यूबीटी० को सदस्यहरूले सोनूलाई कुटपिट गरेको बताइएको छ । उनी माथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियो क्लिपमा सोनू र उनका साथीहरू स्टेजबाट बाहिर निस्कने क्रममा कुटपिट भएको छ ।

प्रहरीका अनुसार लाइभ कन्सर्टमा सोनूसँग सेल्फी खिच्ने क्रममा झगडा भएको हो । आ क्रमण भएपछि सोनूले राति नै प्रहरी चौकी पुगेर आरोपितविरुद्ध उजुरी दिएको बताइएको छ । सो झडपमा सोनूका एक सहकर्मी पनि घाइते भएका छन् ।

उक्त घटना भारतीय समय अनुसार राति करिब ११ बजेको हो । । केही व्यक्तिहरूले सोनूलाई सेल्फीको लागि अनुरोध गर्दा उनका सहकर्मीहरूले रोक्न खोजेपछि विवाद बढेर झगडा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर