पहिलो पटक एक साथ काम गर्दै साम्राज्ञी र कर्म — OSNepal

पहिलो पटक एक साथ काम गर्दै साम्राज्ञी र कर्म

LC (KTM) February 21, 2023 0

काठमाडौं – ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मले अभिनय गर्ने भएका छन् । उनीहरुसँग निर्माणपक्षले सोमबार कागजी संझौता गरेको बताइएको छ । शाह र कर्मले पहिलो पटक एक साथ काम गर्न गर्न लागेका हुन् ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको छ ।

मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई काभ्रेमा खिचिनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी छ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर