यू -१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताको कप्तानमा देव खनाल नियुक्त — OSNepal

यू -१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताको कप्तानमा देव खनाल नियुक्त

LC (KTM) February 22, 2023 0

यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताको कप्तानी अब देव खनालले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।यस अघि क्यानले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी गुलशन झालाई दिएको थियो ।

तर, गुलशन विश्व क्रिकेट लिग टू अन्तर्गत युएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तानी दिईएको हो ।गुलशन झाको स्थानमा आकाश चन्दले स्थान बनाएका छन् ।यू-१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।यस प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर