आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) February 22, 2023 0

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

बुधबार युरोपियन युरोमा एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यसअघि मंगलबार युरोको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको थियो ।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६० रुपैयाँ ५९ पैसा पाइन्छ। बुधबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४० पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ ।

बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १६ पैसा र बिक्रीमा १० रुपैयाँ २१ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर