• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

संसारकै सबैभन्दा सानो पुन्टेगाई सामाजिक संजालमा भाइरल

संसारकै सबैभन्दा सानो पुन्टेगाई सामाजिक संजालमा भाइरल


  • ओएसनेपाल
  • असार २५ २०७८, शुक्रबार
  • ५:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 27.6K
    SHARES

    संसारकै सबैभन्दा सानो पुन्टेगाई सामाजिक संजालमा भाइरल, २३ वर्षको रानी नामक गाई छ जम्मा २१ सेन्टिमिटर लामो, रानीलाई हेर्नेको लाग्यो घुइचो

    काठमाडौँ । एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ । खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ ।

    २८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ वर्षको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ । फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् ।

    अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए । उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com