अनमोल केसी अभिनीत ग्याङस्टर फिल्म 'छड्के २' को ट्रेलर सार्वजनिक — OSNepal

अनमोल केसी अभिनीत ग्याङस्टर फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक

LC (KTM) February 22, 2023 0

काठमाडौं, फागुन १० -फिल्म ‘२.० छड्के’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा अनमोल केसी को मुख्य भुमिका रहेको छ ।

फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्वलाई टे्रलरमा देखाइएको छ ।

निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन्। मास्को सिंह र राजेन्द्र सापकोटाले छायांकन गरेको फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर