बिश्वकप लिग टु मा नेपालले युएई र घरेलु मैदानमा गरि ८ खेल खेल्ने — OSNepal

बिश्वकप लिग टु मा नेपालले युएई र घरेलु मैदानमा गरि ८ खेल खेल्ने

LC (KTM) February 23, 2023 0

विश्वकप लिग टू खेलमा नेपालले ८ खेल खेल्न बाँकी रहेको छ । चार खेल यूएईमा गएर खेल्ने नेपालले बाँकी चार खेल घरेलु मैदानमा नै खेल्नेछ । केही दिन पछि यूएई भ्रमणमा जाने नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग प्रतिष्पर्धा गर्ने छ । नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ । यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।

टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ मा यूएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर