आमा श्रीदेवी लाई संझिएर धरधरी रोइन जान्हवी — OSNepal

आमा श्रीदेवी लाई संझिएर धरधरी रोइन जान्हवी

LC (KTM) February 23, 2023 0

सन् २०१८ मा यस संसारलाई सदाको लागि अलविदा गरेकी अभिनेत्री श्रीदेवीको २४ फेब्रुअरीमा पुण्यतिथि छ । यही कारणले गर्दा श्रीका श्रीमान् तथा निर्माता बोनी कपूर र उनकी प्यारी छोरी तथा अभिनेत्री जान्हवी कपूर स्वर्गीय अभिनेत्री श्रीदेवीको ५ औं पुण्यतिथिको पूर्वसन्ध्यामा सम्झेर भावुक भए ।

जान्हवी कपुर आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनलाई लिएर निकै चर्चामा रहन्छिन् । जाह्नवीले प्रायः आफ्नो फोटो, भिडियो र आफ्नो जीवनसँग जोडिएको हरेक कुरा र भावना सामाजिक सञ्जालमार्फत सेयर गर्छिन्। केही अघि जान्हवी कपूरले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै भावुक पोस्ट सेयर गरेकी थिइन् ।

यो पोस्ट जान्हवी कपुरले आफ्नी दिवंगत आमा श्रीदेवीका लागि पोस्ट गरेकी हुन् । उनको यो पोष्ट सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । जान्हवी कपूरको यो भावुक पोस्ट देखेर तपाई पनि भावुक हुनुहुनेछ । अभिनेत्रीले पोस्ट सेयर गर्दै लेखेकी छिन्, -‘म अझै पनि तिमीलाई जताततै खोज्छु माँ, तैपनि म तिमीलाई गर्व गर्ने आशा गर्छु। आफ्नी आमा श्रीदेवीसँगको पुरानो तस्बिर सेयर गर्दै जान्हवीले लेखेकी छिन्,-‘म जहाँ जान्छु र जे गर्छु त्यो तिमीबाट सुरु हुन्छ र तिमीबाटै अन्त्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर