आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

LC (KTM) February 23, 2023 0

काठमाडौं, ११ फागुन । नेपाली बजारमा बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो ।

बिहिबार तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ । यस अघि बिहिबार यसको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर