‘छड्के २’को ट्रेलर सार्वजनिक भएपछि अनमोल केसीले भने - फिल्म अझै राम्रो छ — OSNepal

‘छड्के २’को ट्रेलर सार्वजनिक भएपछि अनमोल केसीले भने – फिल्म अझै राम्रो छ

LC (KTM) February 23, 2023 0

काठमाडौं – नायक अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ फागूणको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको बुधबार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएपछि राम्रो प्रतिकया पाइरहेको छ भने नमोल केसीको कामको सर्वत्र प्रशंसा पनि भइरहेको छ ।

अनमोलको गेटअप, उनको अभिनय, संवाद बोल्ने शैलीको दर्शक र फिल्मीकर्मीले प्रशंसा गरिरहेका छन् । ट्रेलरमा जुन दृश्य समावेश गरेका छौं, फिल्ममा त्यो भन्दा अझै उत्कृष्ट संवाद र दृश्यहरु छन् ।यसैले फिल्म हेर्दा दर्शकहरु झनै बढी उत्साहित हुने केसीले बताए ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको लभस्टोरी, एक्सन, ग्याङको कथादेखि बदलाको कथाले दर्शकको मन जित्ने अनमोलको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर