दिवंगत अभिनेता सुशान्त सिंह राजपुतलाई बिक्रम बेधामा ऋतिक रोशन संग देखे पछि सबै चकित , यस्तो छ सत्य — OSNepal

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतलाई बिक्रम बेधामा ऋतिक रोशन संग देखे पछि सबै चकित , यस्तो छ सत्य

LC (KTM) February 23, 2023 0

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले संसारलाई बिदा गरेको ३ वर्षभन्दा बढी भइसक्यो तर अभिनेताको मृत्युको रहस्य भने अझै खुल्न सकेको छैन । परिवारदेखि लिएर फ्यानसम्म आज पनि अभिनेतालाई न्यायको माग गर्दै आएको देखिन्छ । फ्यानहरूले अक्सर अभिनेतालाई सम्झन्छन्। अहिले सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ ।

यो तस्बिर देखेर एक पटक फेरी अभिनेता सुशान्तको याद ताजा भएको छ । यो तस्विर ऋतिक रोशनले शेयर गरेका छन् । वास्तवमा, ऋतिक रोशनले आफ्नो थ्रोब्याक फोटो सेयर गरेका छन् । यो तस्बिर फिल्म विक्रम वेधाको सेटको हो, यो तस्विरमा उनीसँगै उभिएका व्यक्ति ठ्याक्कै सुशान्त सिंह राजपूत जस्तै देखिन्छन्, देखेर सबै छक्क परेका छन् ।

यो तस्विर साँच्चै सुशान्त सिंह राजपुत हो कि अरु कोही हो भन्ने कुरा मानिसहरुले बुझ्न सकेका छैनन्, यद्यपि यो तस्विरको सत्यता अर्कै छ । ऋतिक रोशनसँगको यो तस्विरमा उनीसँग स्टन्टम्यान मन्सूर खान छन्, जसको अनुहार सुशान्त सिंहसँग ठ्याक्कै मिल्दोजुल्दो छ । उनको अनुहारमा दाह्री मात्र छ र कपाल बढेको छ।

यो तस्विर देखेर सबै रोकिए र फोटो जुम गर्न थाले । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आँखालाई विश्वास गर्न सकेनन् । यो तस्विरमा उनीहरूको प्रतिक्रिया आउन सुरु गरेको छ । एक प्रयोगकर्ताले लेखे( डिट्टो। त्यही क्रममा एकजनाले लेखे– यार, उनी ठ्याक्कै सुशान्त जस्तै देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर