अक्षयको 'वेलकम ३' मा सञ्जय र अरशद — OSNepal

अक्षयको ‘वेलकम ३’ मा सञ्जय र अरशद

LC (KTM) February 23, 2023 0

मुम्बई, ११ फागुन । अक्षय कुमारको फिल्म ‘हेराफेरी ३’को छायांकन सुरु भइसकेको छ । दर्शकलाई यो फिल्मपछि उनी अभिनित ‘वेलकम ३’को उस्तै प्रतिक्षा छ । कमेडी फ्लेभरको यो फिल्ममा थप कमेडीको डोज दिन सञ्जय दत्त र अरशद वारसी पनि देखिने भएका छन् ।

फिरोज नाडियाडवालाले निर्माण गर्ने फिल्ममा सञ्जय र अरशदको प्रवेश हुने भएपछि फ्यान खुशी छन् । निर्माण पक्षले आधिकारिक जानकारी नदिए पनि फिल्म निकटले भने यो कुराको पुष्टि गरेका छन् ।

‘वेलकम १’मा नाना पाटेकर र अनिल कपूरको जोडीले दर्शकको मन जितेको थियो । ‘वेलकम ३’मा सञ्जय र अरशदको प्रवेशले अनिल र नानाको भन्दा बढी कमेडी डोज पाउनेमा निर्माण पक्ष विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर