कपिल शर्माविरुद्ध किन खनिन्छन् यी भारतीय समिक्षक ? लगाए यस्तो गम्भिर आरोप — OSNepal

कपिल शर्माविरुद्ध किन खनिन्छन् यी भारतीय समिक्षक ? लगाए यस्तो गम्भिर आरोप

LC (KTM) February 24, 2023 0

शाहरुख खानले आफ्नो फिल्म ‘पठान’ बाट उत्कृष्ट कमब्याक गरेका छन् । फिल्मले भारतमा मात्रै नभई विदेशमा पनि ठूलो कमाइ गरिरहेको छ । बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने अहिलेसम्म सात सय करोड नाघेको छ । फेरि एकपटक बलिउडमा किंग खानले राजतन्त्रको झण्डा फहराइरहेका छन् ।

रिलिज हुनुअघि नै फिल्मलाई लिएर धेरै विवाद भए, चर्को बहस भयो तर दर्शकले फिल्ममा आफ्नो छनोटको मोहर लगाए । तर फिल्मको चर्चा भने चलिरहेको छ । कमल राशिद खानले बलिउडमा भने चल्न सकेनन् तर फिल्ममा उनको रिभ्युको फ्यानबेस छुट्टै छ । उनले सामाजिक सञ्जालमा अधिकांश फिल्मको समीक्षा र पोस्ट गर्छन्।

यसपटक उनले पठानलाई लिएर कपिल शर्मालाई निशाना बनाएका छन् । पूरा मामला के हो बुझ्नको लागि कमल राशिद खानको ट्विट हेर्नुपर्छ । वास्तवमा केआरकेले यसबारे ट्वीटमा लेखेका छन्– ‘शाहरुख खानले कपिल शर्माको शोमा फिल्म ‘पठान’को प्रचार गरेनन् र फिल्म सुपरहिट भयो ।

यसअघि कपिल शर्माको शोमा पनि ‘कश्मीर फाइल्स’ को प्रमोशन गरिएको थिएन र यो फिल्म पनि सुपरहिट भएको थियो । यो कपिल शर्माको शो फिल्मका लागि पनौती हो भन्ने प्रमाण हो । मलाई आशा छ अरुले पनि यसबाट पाठ सिक्नेछन् र पनौतीको यो शोबाट टाढा रहनेछन् । अहिले कपिल शर्मासँग केआरकेको समस्याबारे केही स्पष्ट छैन ।

तर हरेक पटक अनावश्यक रूपमा कुनै न कुनै सेलिब्रेटीलाई टार्गेट गर्ने केआरके यसपटक कमेडियन कपिल शर्मालाई घेरेर बसेका छन् । उनले ‘पठान’को सफलताको आडमा कपिलको शोलाई निशाना बनाएका छन् । अब कपिल शर्माले कस्तो प्रतिक्रिया दिन्छन् त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर