यी हुन् 'भ्वाइस किड्स सिजन– २'नयाँ कोच — OSNepal

यी हुन् ‘भ्वाइस किड्स सिजन– २’नयाँ कोच

LC (KTM) February 24, 2023 0

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइएको छ ।

उक्त कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । निर्देशक लक्ष्मण पौडेलले पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुने जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी भएका हजारौँ आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् ।सौर्य दैनिकमा खबर छ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टिमले कोचमा केही परिवर्तन गरेको छ । टिममा युवापुस्तामाझ चर्चित गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन् । अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन २ मा निरन्तर हुनेछन् ।

टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को९स्पोन्सरमा भत्सल्य नेचुरल आईभीएफ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर