काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी, कृष्णप्रसाद गौतमको प्यानल मैदानमा — OSNepal

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी, कृष्णप्रसाद गौतमको प्यानल मैदानमा

LC (KTM) February 24, 2023 0

काठमाडौं, १२ फागुन । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ । १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उप महासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् ।  त्यसैगरी, उप–महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।  

उम्मेदवारी घोषणा गर्दै गौतमले धरासयी बनेको व्यवसायलाई माथि उकास्ने र यसका लागि सबै व्यवसायीसँग छलफल गर्ने बताए । विभिन्न ऐन तथा नीति नियमका निर्माण व्यवसायी पेशा धराशायी बनेको बताउँदै उनले ऐन तथा नीति नियम परिमार्जन गर्न आफूले पहल गर्ने बताए ।

२५ वर्षदेखि क्रियाशील रहेकाले अध्यक्षमा आफ्नो दाबेदारी रहनु स्वभाविक रहेको बताएका उनले व्यवसायीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाए । 

उनले शान्तकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर