कार दु र्घटना हुँदा एमाले नेता पर्साइको मृत्यु — OSNepal

कार दु र्घटना हुँदा एमाले नेता पर्साइको मृत्यु

LC (KTM) July 09, 2021 0

झापा- झापामा कार दु र्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृ त्यु हुनेमा कार चालक विर्तामोड न।पा। १ बस्ने ४६ वर्षीय ज्ञानुराम प्रसाइँ रहेका छन् । चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनाबाट बायाँ खुट्टा र भित्री चोट लागेर ग म्भीर घाइते भएका प्रसाइँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कारको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ। ज्ञानुराम नेकपा एमाले झापाका नेता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंका श्रीमान हुन्। उनी नेकपा एमालेका विर्तामोड नगर कमिटीका पूर्वअध्यक्ष समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर