‘छड्के २’को ट्रेलरमा अनमोल केसीको प्रशंसै प्रशंसा, बक्सअफिसमा सुनामी ल्याउन सक्ने ! — OSNepal

‘छड्के २’को ट्रेलरमा अनमोल केसीको प्रशंसै प्रशंसा, बक्सअफिसमा सुनामी ल्याउन सक्ने !

LC (KTM) February 24, 2023 0

काठमाडौं – नायक अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ फागूणको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको बुधबार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएपछि राम्रो प्रतिकया पाइरहेको छ भने खनमोल केसीको कामको सर्वत्र प्रशंसा पनि भइरहेको छ ।

अनमोलको गेटअप, उनको अभिनय, संवाद बोल्ने शैलीको दर्शक र फिल्मीकर्मीले प्रशंसा गरिरहेका छन् । ट्रेलरमा जुन दृश्य समावेश गरेका छौं, फिल्ममा त्यो भन्दा अझै उत्कृष्ट संवाद र दृश्यहरु छन् ।यसैले फिल्म हेर्दा दर्शकहरु झनै बढी उत्साहित हुने केसीले बताए ।

हरेक फिल्ममा उनको अभिनय स्वभाविक नभएको टिप्पणी हुने गर्छ । लुक्सको बलमा चलेको आरोप खेपिरहेका अनमोलले यही फागुन १९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छड्के २’बाट आफूलाई अभिनयमा प्रमाणित गर्न सक्ने संकेत ट्रेलर हेर्दा देखिन्छ । । तीन हजारको आसपास कमेन्टमा ९० प्रतिशत अनमोलको प्रशंसा मात्र छ । लरलाई मिलेको प्रतिक्रिया हलमा फिल्म प्रदर्शनपछि पनि प्राप्त भए बक्सअफिसमा सुनामी ल्याउन सक्ने बताइएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको लभस्टोरी, एक्सन, ग्याङको कथादेखि बदलाको कथाले दर्शकको मन जित्ने अनमोलको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर