विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित — OSNepal

विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित

LC (KTM) February 24, 2023 0

काठमाडौं – विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित हात पारेको छ । नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको हो । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई नेपालले ९६ रनले पराजित गरेको हो । सिंगापुरका आर्यन मोदीले ५८ रनको अर्धसतकीय पारी खेले ।

यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाउँदा अर्जुन नागपाल र अभुदय छाजेरले १४(१४ रन बनाए। नेपालका हेमन्त धामी र सुवास भण्डारीले २(२ विकेट लिए ।तको लागि २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

नेपालका आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धसतकीय पारी खेले । आकाशले ७८ रन बनाउँदा केसी ६३ रनमा नटआउट रहे । यस्तै अर्जुन कुमालले ३७ तथा कप्तान देव खनालले २१ रन बनाए । सिंगापुरका आर्यविर चौधरीले र अभ्युदय छाजेरले २(२ विकेट लिए । नेपालले भोली कुवेतसँग दोस्रो खेल खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर