सन्दीप लामिछानेलाई बिदेश जान अनुमति दिन नमिल्ने अदालतको आदेश , अब सन्दीप बिना नै नेपालले विश्वकप क्रिकेट लिग–टू खेल्ने — OSNepal

सन्दीप लामिछानेलाई बिदेश जान अनुमति दिन नमिल्ने अदालतको आदेश , अब सन्दीप बिना नै नेपालले विश्वकप क्रिकेट लिग–टू खेल्ने

LC (KTM) February 24, 2023 0

अन्ततः राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार सन्दीपलाई विदेश भ्रमणमा जान अनुमति दिन नमिल्ने आदेश दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजमा खेल्न पाउने झिनो आशा रहेको थियो ।

तर अदालतको यो फैसला संगै सन्दीप अब बिदेशी भुमिमा गएर खेल्न नपाउने भएका हुन् । सन्दीपले दायर गरेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो। सन्दीपले विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

तर, अन्तरिम आदेश दिन अस्वीकार गर्दै न्यायाधीश खतिवडाले आइतबार पुनस् सुनुवाइ हुने गरि आदेश दिएका छन्। एक नाबालिकलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर