बुढासुब्बा गोल्डकप भोलिबाट सुरु हुदै , ६५ बर्ष माथिकालाई निशुल्क प्रबेश — OSNepal

बुढासुब्बा गोल्डकप भोलिबाट सुरु हुदै , ६५ बर्ष माथिकालाई निशुल्क प्रबेश

LC (KTM) February 25, 2023 0

बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि बाट सुरु हुदैछ । भोलिको उद्घाटन खेलमा आयोजक र युके एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । धरान १६ स्थित धरान रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी बारे धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा काउवार्न बजार प्रगती संघ केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर केएफटिसी झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको छ ।

यस पटक पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी उपलब्ध हुने व्यवस्था गरिएको अध्यक्ष किशोर राईले जानकारी दिए । खेल हेर्न आउने ६५ बर्ष उमेर माथिकालाई नागरिकता देखाए निःशुल्क प्रवेश गर्न दिने र अपाङ्गता भएका बालबालिकालाई पनि निशुल्क प्रवेश गर्न दिइने क्लबले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर