आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपालको सानदार जीत — OSNepal

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपालको सानदार जीत

LC (KTM) February 25, 2023 0

काठमाडौं -आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी भएका े छ । नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको हो ।

कुवेतलाई नेपालले जितको लागि ३ सय ४४ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन बनाएको छ। नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए। कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए।

ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर