त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधी नजिक — OSNepal

त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधी नजिक

LC (KTM) February 25, 2023 0

विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधी नजिक पुगेको छ । मेची रंगशालामा आज भएको खेलमा ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै आर्मीले १–० ले संकटालाई पराजित गरेको थियो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए । जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर