स्व. युवराज श्रेष्ठ स्मृति खेलको उपाधि स्वर्णिम पाठशालाको पोल्टामा — OSNepal

स्व. युवराज श्रेष्ठ स्मृति खेलको उपाधि स्वर्णिम पाठशालाको पोल्टामा

LC (KTM) February 26, 2023 0

महोत्तरी, १४ फागुन । स्व. युवराज श्रेष्ठ स्मृति बर्दिबासको फुटवल खेलको उपाधि  स्वर्णिम पाठशालाले हात पारेको छ । एनप्याब्सन नगरले आयोजना गरेको उक्त खेलकुद प्रतियोगितामा १० वटा टिमसँग प्रतिस्पर्धा गर्दै स्वर्णिम पाठशालाले उपाधि जितेको हो ।

सर्पको डसाइबाट एक बर्ष अगाडि मृत्यु भएका माइस्थान पब्लिक एकेडेमीका प्रधानाध्यापक युवराज श्रेष्ठको सम्झनामा आयोजना गरेको उक्त कार्यक्रमा फुटबल र एथलेटिक्स खेल आयोजना गरिएको थियो ।

एथलेटिक्समा भने फोलोरेन्स एकेडेमीले हात पारेको छ । निकटतम् प्रतिस्पर्धी  नोबेल एकेडेमीलाइ पछाडि पार्दै  उक्त उपाधि हात पारेको एनप्याब्सन बर्दिबासका अध्यक्ष नोगेन्द्र क्यापछाकीले जानकारी दिए ।

एथलेटिक्समा दोश्रो र तेश्रो क्रमशः नोवेल एकेडेमी र सप्तकविन्द्र शिक्षा निकेतन भएका छन् । त्यसैगरी फुटलबलमा दोश्रो र तेश्रो क्रमशः सप्तकविन्द्र शिक्षा निकेतन र माइस्थान पब्लिक एकेडेमी छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर