भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा — OSNepal

भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा

LC (KTM) February 26, 2023 0

मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७ औँ मिनेटमा गोल गरेका थिए । श्रेष्ठको उक्त गोल नै खेलको निर्णयक गोल बन्यो । आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए ।

उपाधिका लागि मङ्गलबार विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब अन्तिम प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टोलीले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर