प्रधानमन्त्री दाहालले क्रिकेटर सन्दीप लामिछाने संग हात मिलाएको बिषयमा अनावश्यक आलोचना भएको प्रति राखेपको ध्यानाकर्षण — OSNepal

प्रधानमन्त्री दाहालले क्रिकेटर सन्दीप लामिछाने संग हात मिलाएको बिषयमा अनावश्यक आलोचना भएको प्रति राखेपको ध्यानाकर्षण

LC (KTM) February 26, 2023 0

पछिल्लो समय क्रिकेटर सन्दीप लामिछानेको बिषय चर्चित बन्न पुगेको छ । बलात्कार मुद्धा चलिरहेको बेला स्कटीस खेलाडीले हात नमिलाएको बिषयले निक्कै चर्चा पायो । त्यसपछि टु डिभिजन लिग जितेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटर लामिछानेसँग हात मिलाएको घटना सामाजिक सञ्जालमा छाएको छ ।

यस बिषयलाई अतिरञ्जित गरिएको भन्दै राष्ट्रिय खेलकुद परिषदले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत जनाएको छ । बलात्कारका आरोपी सन्दीपलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले माला लगाइदिएर हात मिलाएको भन्दै प्रधानमन्त्री प्रचण्डको खुबै आलोचना भइरहेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले विज्ञप्ति निकालेर यस बिषयमा भएका आलोचना तथा टिप्पणी प्रति दुख व्यक्त गरेका छन् ।

‘नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरि खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषदका संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा लेखेका छन् ।

क्रिकेटमा ऐतिहासिक सफलता पाएको टिमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लगाएर भएको प्रचारप्रति खेलकुद परिषद दुख व्यक्त गरेको हो । खेलाडीलाई भेटेर बधाई दिएकोमा सदस्य सचिव घिसिङले प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर