विश्वकप लिग टू मा नेपालले भोलीबाट पीएनजी संग भिड्दै , सन्दीप लामिछानेको अभाव खड्किएला त ? — OSNepal

विश्वकप लिग टू मा नेपालले भोलीबाट पीएनजी संग भिड्दै , सन्दीप लामिछानेको अभाव खड्किएला त ?

LC (KTM) February 27, 2023 0

आईसीसी विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिजका रुपमा भोलीबाट नेपालले यूएईमा सिरिज खेल्नेछ । नेपालले यूएई भ्रमणका क्रममा घरेलु टोली तथा पपुवा न्युगिनी पीएनजीसँग खेल्नेछ । सोमबार पीएनजीसँग खेलेर सिरिजको सुरुआत गर्ने नेपालले १८ गते बिहिबार घरेलु टोलीसँग खेल्नेछ ।

१९ गते शुक्रबार पीएनजीसँग खेल्ने नेपालले फागुन २२ गते सोमबारमा घरेलु टोलीसँग खेल्दै यूएई यात्रा समापन गर्नेछ । नेपालको यूएईमा प्रदर्शन औसत रहेको छ । नेपालले यूएईमा सात एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ४ खेल मात्र जितेको छ ।

नेपालले यूएईमा घरेलु राष्ट्रसँग ५ तथा पीएनजीसँग २ एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । पीएनजीसँग शतप्रतिशत नतिजा निकालेको नेपालले यूएईसँगको भने २ खेलमा मात्र जित निकालेको छ । यसपाली नेपालले सन्दीप लामिछाने बिना नै प्रतिष्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर