घरेलु टाेली टोटनहमसँग चेल्सी २–० ले पराजित — OSNepal

घरेलु टाेली टोटनहमसँग चेल्सी २–० ले पराजित

LC (KTM) February 27, 2023 0

काठमाडौं, १५ फागुन । टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गदैै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए ।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर