गर्मी महिनामा पाकेको केरा खानुका यस्ता छन् फाइदै फाइदा — OSNepal

गर्मी महिनामा पाकेको केरा खानुका यस्ता छन् फाइदै फाइदा

LC (KTM) February 27, 2023 0

काठमाडौ-केरा स्वादका लागि मात्र नभई स्वाथका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । केराको सेवन धेरै मानिसहरुले गरेका हुन्छन् । यो घारीका फल्ने एउटा फल हो धेरै जसो गाँउ घरमा पाइने गर्दछ । केरा सेवन गर्नुका धेरै फाइदाहरु छन् ।
केरा निकै मिठो तथा गुणकारी फल हो ।

यो अरु फलको तुलनामा सस्तो तथा प्राय सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । डिप्रेसन( डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा ट्रिप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो जसले सरीरमा आनन्द ९रिल्याक्स० पैदा गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ ।

केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।कब्जियत( केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

स्नायु स्वास्थ्य( केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ ।गर्भावस्थाको वाकवाकी( गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।। लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर