आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा — OSNepal

आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

LC (KTM) February 28, 2023 0

दुबइ, १६ फागुन । युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।

नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितकाे पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर