सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी २२ वर्षीया सुरन्तीको गर्भमै गयो बच्चाको ज्यान, हेलिकोप्टरबाट गरियो उनको उद्धार — OSNepal

  सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी २२ वर्षीया सुरन्तीको गर्भमै गयो बच्चाको ज्यान, हेलिकोप्टरबाट गरियो उनको उद्धार

LC (KTM) February 28, 2023 0

दार्चुला -दार्चुलामा सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ । गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाइ पुर्याएको थियो ।

त्यहा पनि चिकित्सकको सुविधा नभएको त्यहाँ पनि सिनियर अहेव र सिनियर अनमीले प्रसूति गराउन नसकेर हिडाइएकी उनकोगर्भमै शिशुको मृत्यु भएको हो ।

दुई दिनदेखि सुत्केरी बेथा लागेकी सुरन्तीको पेटमै शिशुको मृत्यु भएको सोमबार बिहान मात्र थाहा भएको बताइउको छ । आमाको ज्यानसमेत खतरामा हुने देखिएपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगेर उद्धार गरिएको हो । क्षत्ति अपी हिमाल गाउँपालिकाको सबैभन्दा विकटको बस्ती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर