क्यानले सन्दीपलाई यूएई पठाउन आइसीसीसँग माग्यो अनुमति — OSNepal

क्यानले सन्दीपलाई यूएई पठाउन आइसीसीसँग माग्यो अनुमति

LC (KTM) February 28, 2023 0

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउन (नेपाल क्रिकेट संघ (क्यान) ले प्रक्रिया सुरु गरेको छ । लामिछाने माथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै क्यान) ले प्रक्रिया सुरु गरेको हो ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको बताइएको छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ ।

बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । क्यानले यसअघि नेपालमा भएको शृङ्खला अघि १४ जना खेलाडीको नाम आइसीसीमा दर्ता गराएको थियो ।

त्यसमा सन्दीप पनि थिए । त्यसकै आधारमा अहिले उनलाई टिममा थप्न समस्या नहुने क्यानको विश्वास छ । सन्दीपबाट आफ्ना ब्याट्सम्यानहरूलाई खतरा हुने भएकाले टेक्निकल कमिटीमा यूएइका व्यक्तिहरूसमेत भएकाले उनीहरूले सन्दीपलाई थप्ने अनुमति प्रदान गर्न आनाकानी गर्न सक्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर