यो हो बलिउड अभिनेत्री शिल्पा शेट्टीको आलिसान बंगला, घर भित्रै छ यति ठुलो मन्दिर — OSNepal

यो हो बलिउड अभिनेत्री शिल्पा शेट्टीको आलिसान बंगला, घर भित्रै छ यति ठुलो मन्दिर

LC (KTM) February 28, 2023 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीले पछिल्लो तीन दशकदेखि दर्शकलाई मनोरञ्जन दिइरहेकी छिन् । अभिनेत्रीले व्यवसायी राज कुन्द्रासँग विवाह गरेकी हुन् । आज हामी तपाईलाई दुबैको आलिशान घरका बारेमा बताउन गईरहेका छौ । शिल्पा शेट्टी आफ्ना श्रीमान् र परिवारसँग मुम्बईको एउटा लग्जरी सी फेसिङ बंगलामा बस्छिन् ।

शिल्पाको यो बंगलाको नाम ‘किनारा’ हो । जुन धेरै ठूलो र सबै प्रकारका सुविधाहरूले सुसज्जित छ। यो घरको मूल्य करिब १०० करोड छ । शिल्पाको घरमा प्रवेश गर्दा सबैभन्दा पहिले एउटा सुन्दर मन्दिर देख्नुहुनेछ । जहाँ अभिनेत्री कयौं पटक पुजा गरेको देखिन्छ । यो अभिनेत्रीको घरको बस्ने क्षेत्र हो ।

जहाँ सेतो सोफा छन् र भित्तामा पनि सेतो र खैरो रंगहरू देखिन्छन्। घरको डाइनिङ एरियाको कुरा गर्दा यहाँ अभिनेत्रीले खैरो रङको टेबलसहित कालो कुर्सी राखेकी छिन् । यससँगै छतमा रहेको झूमरले यस क्षेत्रको सौन्दर्य बढाएको छ, शिल्पाको घरको बालकनी जहाँबाट समुद्रको सुन्दर दृष्य देखिन्छ ।

शिल्पाको घरमा ठूलो बगैंचा छ । जहाँ उनी प्रायः योगा गरिरहेको देखिन्छिन् । अभिनेत्रीले बगैँचामा बुद्धको मुर्ति पनि राखेकी छिन् ।अभिनेत्री फिटनेस फ्रिक हुन् भन्ने सबैलाई थाहा छ । यही कारणले गर्दा उनको घरमा जिम पनि हेर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर