नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको १० शश्याको अस्पताल निर्माण अन्तिम चरणमा — OSNepal

नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको १० शश्याको अस्पताल निर्माण अन्तिम चरणमा

LC (KTM) February 28, 2023 0

जाजरकोट-शिवालय गाउँपालिकामा १० शश्याको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रु नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माण भइरहेको यो अस्पताल पूरा भएपछि सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताउनुभयो । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ वटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत जारी राखेको छ ।

सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जानसमेत सहज हुने विश्वास लिएको उपध्यक्ष उहाँले उल्लेख गर्नुभयो । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर उपचारका लागि लैजान सहज भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर